PRABHU BANK

कुमारी बैंकद्धारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी

काठमाडौँ । कुमारी बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकले खातावाहकको परिवारको तर्फबाट कावासोती नगरपालिका वडा नं २ निवासी निज खातावाहक लक्ष्मी पाण्डे र निजको श्रीमान विश्व नाथ पाण्डेलाई सो रकम भुक्तानी गरेको हो ।

बैंकका अनुसार परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो । त्यस्तै, कुमारी बैंकको कावासोती शाखाबाट सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । साथै, खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त खातामा आकस्मिक दुर्घटना, मृत्यु, पुर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै