PRABHU BANK

विभिन्न ठाउँका बालबालिकालाई मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

काठमाडौँ । देशका विभिन्न ठाउँका बालबालिकाहरुलाई मुक्तिनाथ विकास बैंकले कृत्रिम हातहरु वितरण गरेको छ । बैंकले गैर मुनाफा मूलकसँग साझेदारी गर्दै कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई कृत्रिम हातहरु वितरण गरेको हो ।

बैंकले अहिलेसम्म ५ थान कृत्रिम हातहरु वितरण गरिसकेको छ भने निकट भविष्यमा थप कृत्रिम हातहरु वितरण गर्ने जानकारी दिएको छ ।

त्यस्तै, बैंकले उक्त सहयोगबाट बालबालिकाहरुको जीवनमा सकरात्मक परिवर्तनका साथै आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

मुक्तिनाथ विकास बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ र गैर मुनाफा मूलकका पदाधिकारीबाट बालबालिकाहरुलाई कृत्रिम हातहरु वितरण गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै