PRABHU BANK

मुक्तिनाथ विकास बैंकको पन्धौं वार्षिक साधारणसभा सम्पन्न, १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

muktinath bikas bank
  • बैंकिङ संसार
काठमाडौँ । मुक्तिनाथ विकास बैंकको पन्धौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको होटल जलमहर घारिपाटन पोखरामा मंसिर २५ गते सम्पन्न सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांशलगायतका एजेण्डा पारित गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागिसमेत ०.९२५ प्रतिशत नगद लाभांश गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनस पारित गरेपछि बैंकको पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपैयाँ पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै