National

१० वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौँ । कुल २० वाणिज्य बैंकहरूमध्ये चैतसम्म १० को वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘सुपरीवेक्षण रिपोर्ट २०२२-२३’ को तथ्य अनुसार १० वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको पाइएको हो ।

बैंकहरूको खुद नाफाको रकम पोजेटिभ देखिए पनि सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने ऋणात्मक रहेको सुपरीवेक्षण रिपोर्टले देखाएको छ ।

धेरैजसो वाणिज्य बैंकहरूको चैत मसान्तसम्म वितरणयोग्य नाफा ऋणात्मक भएको छ । चैत मसान्तसम्म २० वाणिज्य बैंकहरूको औसत वितरणयोग्य नाफा नै ९ अर्ब ५३ करोड ऋणात्मक छ भने चैत मसान्तसम्म ९ बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बिजनेसबाट तथ्यांकमा नाफा देखिसकेको भएपनि उक्त रकम असुल हुन नसकेपछि वितरणयोग्य नाफा ऋणात्मक भएको हो । समयमै साँवा तथा ब्याज असुल नहुँदा बैंकहरूको औसत वितरणयोग्य नाफा १० अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहेको सुपरीवेक्षण रिपोर्टमा उल्लेख छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै