National

आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने नेरुडेका कर्मचारीको चेतावनी

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

संस्थाको व्यवस्थापन पक्षले आन्दोलनलाई निकास नदिएको भन्दै आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका हुन् ।

कर्मचारीमाथि विभेदपूर्ण व्यवहार भएको भन्दै बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडेका कर्मचारीहरूले बैशाखदेखि लघुवित्तका शाखा कार्यालय बन्द गरेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनको समाधान खोज्नुको साटो व्यवस्थापनले धम्कीपूर्ण शैलीमा बरु उल्टै शाखा खोल्न पत्र पठाएको प्रति आक्रोश पोख्दै एक कर्मचारीले भने, ‘बरु उल्टै धम्कीपूर्ण शैलीमा शाखा खोल्न पत्र पठायो । हाम्रा माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै