PRABHU BANK

ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

global ime bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सोमबार सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १०% बोनस सेयर र ३.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै