National

नेपाल बैंकको खुद नाफा १३ करोड ५ लाख रुपैयाँ, कति छ बैंकको खुद ब्याज आम्दानी ?

काठमाडौँ । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने खुद नाफा १ अर्ब ७८ करोड रुपैयाँ आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको यो खुद नाफा धेरैले कम हो । बैंकले चैत्र मसान्तसम्म ६ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी भने बढेको छ ।

यसैगरी बैंकले इम्पेयरमेन्ट चार्ज १४६.४५ प्रतिशतले बढाएको छ भने इम्पेयरमेन्ट चार्जका लागि बैंकले ३ अर्ब ६६ करोड रुपैयाँ छुट्टाएको छ ।

त्यस्तै, बैंकको खराब कर्जा अनुपात ४.१६ प्रतिशतबाट बढेर ४.८५ प्रतिशत पुगेको छ । साथै, बैंकको कर्मचारी खर्च २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने अन्य सञ्चालन खर्च ७६ करोड ११ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै