National

प्रभु बैंकको खुद नाफा १ अर्ब बढी, खुद ब्याज आम्दानी भने ८ अर्ब ४३ करोड पुग्यो

काठमाडौँ । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको यो नाफा ७.२७ प्रतिशतले कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.३१ प्रतिशतले बढि हो ।

त्यसैगरी बैंकको अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा ३.४८ प्रतिशत रहेकोमा खराब कर्जा अनुपात बढेर ४.८१ प्रतिशत पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै