National

लक्ष्मी सनराइजको नाफा सामान्य बढ्यो

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको नाफा बढेको छ । बैंकले  सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा सामान्य बढेको हो ।

प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.७० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा सामान्य मात्र बढ्न पुगेको हो ।

विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०३.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १०२.९८ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १०१.६३ प्रतिशत र सञ्चालन मुनाफा ११.७८ प्रतिशत बढेको छ । सो अवधिमा बैंकको निष्क्रिय कर्जा १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ । जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब पुगेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ७१ रुपैयाँ ५९ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै