National

कुमारी बैंकले ९ महिनामा कमायो २ अर्ब २६ करोड बढी मुनाफा, कुल आम्दानी कति बढ्यो ?

काठमाडौँ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै गत आर्थिक वर्षको तुलनामा २१.६० प्रतिशत बढी मुनाफा आर्जन गरेको जनाएको हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत र खुद ‘फि तथा कमिशन’ आम्दानी ६०.९० प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेको छ । विवरण अनुसार बैंकको सञ्चालन मुनाफा साढे २१ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०.९० प्रतिशत बढेको छ भने समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेको छ ।

सञ्चालन मुनाफा बढेपनि बैंकको खुद नाफा भने समीक्षा अवधिमा घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड मात्र नाफा कमाएको छ । बैंकको कर खर्च बढेका कारण खुद नाफा पनि घटेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै