National

भेट्टाएको नागरिकताबाट १६ बैंक खाता खोलेर ६० लाख ठगी

काठमाडौं । भेट्टाएको नागरिकताबाट बैंक खाता खोलेर ६० लाख ५५ हजार रुपैयाँ ठगी गर्ने श्रीमान-श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न १८ बैंकमा अरुको नागरिकता देखाएर नक्कली खाता खोली ठगी गर्ने श्रीमान्-श्रीमतीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ८ थान एटीएम, विभिन्न बैंकका ११ थान चेकबुक, विभिन्न बैंकहरुमा रकम डिपोजिट गरेको स्लिपसमेत बरामद भएको छ ।

पक्राउ पर्नेहरुमा झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान् ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४ वर्षीय धनबहादुर विक छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गर्ने र पार्सल तथा डलर आएको भन्दै विश्वास दिलाएर भन्सार चार्जको बहानामा रकम हाल्न लगाई ठगी गरेको प्रहरीको भनाई छ ।

सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकताको फोटो उप्काएर आफ्नो फोटो टाँसेको र सोही नागरिकताको आधारमा उनले विभिन्न बैंकहरुमा १६ वटा खाता खोलेको प्रहरीको भनाई छ । सन्जुले यो शैलीमा विगत २ वर्षदेखि ठगी गर्दै आएकोसमेत खुलेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए ।

ठगी आरोपमा सन्जुसँगै उनका श्रीमान पनि पक्राउ परेका छन् ।

उनीहरुमाथि थप कानुनी प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै