National

१८ महिनामै दोब्बरले बढ्यो बैंकहरूको गैर-बैंकिङ सम्पत्ति

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा गैर-बैंकिङ सम्पत्ति बढेको छ । पछिल्लो १८ महिनाको अवधिमा मात्रै बैंकहरुको गैर-बैंकिङ सम्पत्ति दोब्बरबढीले वृद्धि भएको हो ।

आर्थिक बर्ष २०७९-८० असारमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको यस्तो सम्पत्ति अहिले १ सय २७ प्रतिशतभन्दा धेरैले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्नै ढंगले व्यावस्थापन गर्ने गर्दछन् । यसरी सकारेको गैर-बैंकिङ सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने प्रावधान छ ।

गैर-बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शत प्रतिशत बराबर रकम प्रोभिजनमा राख्नुपर्ने हुन्छ । यही कारण बैंकहरूको प्रोभिजन रकम समेत वृद्धि भएको हो ।

जग्गामा हदबन्दीको व्यवस्थाले यस्तो सम्पत्ति सकार्न लगायतमा नीतिगत समस्या  पनि देखिन थालेको छ । जग्गाको हदबन्दीको कारण बैंकहरूले समेत २ सय रोपनीभन्दा धेरै जग्गा सकार्न सक्दैनन् । यहि कारण बैंकहरु अफ्ट्यारोमा परिरहेका छन् ।भिडियो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै