PRABHU BANK

नेरुडे लघुवित्तमा फेरी आन्दोलन सुरु, बैसाख ३ गतेदेखि सम्पूर्ण काम बहिष्कार गर्ने कर्मचारीहरुको निर्णय

काठमाडौँ । नेरुडे लघुवित्तमा फेरी आन्दोलन सुरु हुने भएको छ । आफ्ना मागहरू पूरा नगरेको, र विभेदपूर्ण व्यवहार भएको भन्दै कर्मचारीहरूले आन्दोलन सुरु गर्ने भएका हुन् । यस विषयमा लघुवित्तको युनियनले लघुवित्तको सञ्चालक समिति, व्यवस्थापन लगायतलाई जानकारी गराईसकेको छ ।

जानकारी पत्रमा भनिएको छ- महोदय, उपरोक्त सम्बन्धमा यस कर्मचारी युनियनका प्रतिनिधिहरू र तत्कालीन नेरुडे लघुवित्त वित्तीय संस्था लि.का सञ्चालक तथा व्यवस्थापनपक्षका प्रतिनिधिहरूबीच कर्मचारी संगठनका तर्फबाट व्यवस्थापन समक्ष राखिएका माँगहरुका सम्बन्धमा मिति २०७९-१२-२९ , २०८०-०१-०९ गते र मिति २०८०-११-०७ गते दुवै पक्ष बिच छलफल गरी सम्झौता भएका बुदाँहरु कार्यान्वयन गरिने ब्यहोरा सहितको सम्झौता भएको कुरा सर्वबितिदै छ । साथै मिति २०८०-११-०७ गतेको चार बुदे सम्झौता अनुसार मिति २०८०-११-२० गते सम्ममा ४ ग्रेडको बारेमा संयुक्त मर्जर समितिबाट निर्णय गराउने नसकेमा चार ग्रेड वा सोको सटा अन्य विकल्प कार्यान्वयन गराउने सम्बन्धी संचालक समितिको प्रतिबद्धता कर्मचारी युनियनलाई लिखित निर्णय उपलब्ध गराउने सहमती भए बमोजिम साविक नेरुडे लघुवित्त वित्तिय संस्या लि. केन्द्रीय कार्यालय विराटनगरको मिति २०८०-११-२२ गतेको च.न.३२३४ को पत्रबाट युनियनलाई व्यवस्थापन पक्षबाट नेरुडे लघुवित्त वितीय संस्था लि. र मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.बिच मर्जर भई एकिकृत कारोबार भई समान तलब भत्ता लागू हुदाँ नेरुडे लघुवित्त वित्तीय संस्था लि.तर्फका तलब भत्ता वृद्धि नहुने नेरुडेका कर्मचारीहरूलाई ४ ग्रेड वा सोको सट्टा अन्य विकल्प कार्यान्वयन गराउने सम्बन्धमा साविक नेरुडेको संचालक समिति प्रतिबद्ध रहेको व्यहोरा कर्मचारी युनियनलाई जानकारी गराउने निर्णय गरी यस कर्मचारी युनियनलाई लिखित रुपमा जानकारी गराएको कुरा समेत सर्वविदितै छ । 

यति हुँदाहुँदै पनि हठात रुपमा ४ ग्रेडको सट्टा २ ग्रेड तथा साविक नेरुडेको कर्मचारी विनियमावलीमा भएको पद यथावत नराखी साविक मिर्मिरेको कर्मचारी विनियमावलीमा भएको व्यवस्था अनुसार हरेक पदमा नायब पद थपिएर निर्णय गरी साविक नेरुडे पट्टीका सम्पुर्ण कर्मचारीहरुको मात्र भावना माथी खेलवाड गर्दै उपेक्षा र ह्ययको दृष्टिकोणबाट प्रेरीत यस किसिमको कार्य तथा व्यवहार वाट गम्भीर घात हुनुभएको महसुस यस युनियनलाई भएको छ । व्यवस्थापन पक्षबाट भएको यसकिसिमको निर्णयवाट मर्जर पश्चात दुवै पक्षका कर्मचारीहरुको भावना जोड्ने भन्दा तोड्नमा स्वयं व्यवस्थापन पक्षनै लागिपरेको प्रमाणित भएको छ ।

अत उक्त ४ ग्रेडको सट्टा २ ग्रेड दिने भनी गरीएको निर्णय सच्याई यसअघि गरीएको सम्झौतापत्र आजको मिति २०८०÷१२÷३० देखि २०८१ बैशाख २ गते भित्र लागु गर्न यसै पत्रमार्फत गम्भीर ध्यानाकर्षण गरिएको छ । यदि सम्झौता कार्यान्वयन नभएको खण्डमा कर्मचारी युनियन द्धारा स्थगित भएको कार्यक्रम २०८१ बैशाख ३ गते देखि स्वत सुचारु हुने साथै केन्द्रीय कार्यालय बनेपा–८ काभ्रेद्वारा आयोजना गरिएको प्रदेश स्तरीय तेस्रो त्रैमासिक समीक्षा गोष्ठी तथा कर्मचारी परिचयात्मक कार्यक्रम साविक नेरुडेका कर्मचारीद्धारा बहिष्कार गर्नुका साथै उक्त कार्यक्रममा साविक नेरुडेको कर्मचारी उपस्थित नहुने व्यहोरा समेत जानकारीको लागी अनुरोध छ । यस कर्मचारी युनियन र व्यवस्थापन पक्ष बिच भएको सम्झौता व्यवस्थापन पक्षबाट सम्बोधन हुनेगरि कदम नचालिएको अवस्थामा आन्दोलनका कारण उत्पन्न हुनसक्ने सम्पूर्ण परिणामको जिम्मेवारी पनि व्यवस्थापन पक्ष स्वयम् हुनेछ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै