सामाजिक उत्तरदायित्व अन्तर्गत कामना सेवा विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं – कामना सेवा विकास बैंकको कुश्मा शाखाले वाग्लुङ्ग जिल्लाको वाग्लुङ्ग नगरपालिका १४, नाराणस्थानमा शनिवार निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । 
शिविरबाट नारायणस्थान कैया, सरङ्गे लगायत क्षेत्रका १६३ जना महिला तथा पुरुष विरामिहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको कुश्मा शाखाका प्रवन्धक टंकनाथ लामिछानेले बताए ।
स्थानिय आयोजक लायन्स कलवअफ र्पवत चौतारीका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा संचालित सिविर को प्रमुख अतिथि धौलागिरी अञ्चल अस्पताल वाग्लुङ्गका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सागरकुमार राजभण्डारी थिए ।
लायन्स लिडर काशि कुमार जोशी, वडा अध्यक्ष चक्र वहादुर खत्री लगाएतको शुभकामना मन्तब्य सहित संचलित शिविरमा डा. सागरकुमार राजभण्डारी वरीष्ठ अहेव यम प्रसाद शर्मा, ऋषिराम शर्मा तथा कुश्मा अस्पताल प्रालिका अन्य प्राविधिहरुको सहभागिता रहेको थियो । उपचारको क्रममा अघिकांस महिलाहरुमा पाठेघरको समस्या उच्च रक्तचाप, फोक्सोको र्दिघ रोग देखीएको डा.सागरकुमार राजभण्डारले बताए ।
बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा प्रत्यक्ष लाभ हुने खालका गतिविधि हरु संचालन गर्दै आईरहेको छ । शाखाविस्तारमा अक्रमक रुपमा लागेको वैकको मुलुकभर ७४ शाखा रहेकाछन् ग्रहाकलाई गुणस्तरीय सेवा प्रदान गर्न नयाँ नयाँ योजनाहरु सार्वजनिक गर्दै आईरहेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्