PRABHU BANK

प्रभु बैंकको एटिएम सेवा अब रुकुममा पनि शुरु, स्थानीयबासी हर्षित !

 Prabhu Bank

काठमाडौं – रुकुम जिल्लामै पहिलो पटक प्रभु बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय बासन्दिाहरु खुशी भएका छन् । आवश्यक परेको खण्डमा जतिखेर पनी एटिएममार्फत पैसा निकाल्न सकिने भएकाले कारोवारमा सहज हुने स्थानीयवासी सुस्मिता कार्कीले बताइन् ।
बैंकले एटिएम सेवा सञ्चालनमा नल्याउँदासम्म कार्यालय समयमा मात्र सेवाग्राहीलाई सेवा दिने गरेकामा अब भने सेवाग्रहीलाई आवश्यक परेको खण्डमा शनिबारलगायत अन्य जुनसुकै समयमा पनी सेवासुविधा दिने शाखा प्रबन्धक भानु गौतमले बताए ।
यहाँका नागरिकको समस्या, आवश्यकता र मागलाई ध्यानमा राखी एटिएम सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ छ । विसं २०७३ मङ्सिर १७ गतेबाट रुकुमकोटमा आफ्नो सेवा सञ्चालन गरेको बैंकको शाखाले दुई वर्षपछि एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै