काठमाडौँ। नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्। ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
मंसिर ११ गते शुक्रबार हुने साधारणसभाले उनलाई औपचारिक रुपमा अध्यक्षमा निर्विरोध निर्वाचित गर्ने भएको हो। यसअघि रेग्मी संघको उपाध्यक्ष थिए। रेग्मीको नेतृत्वमा बैंकले वित्तीय सेवा विस्तार, संस्थागत सुशासन, डिजिटल बैंकिङ तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिमा जोड दिँदै आएको छ।
उपाध्यक्षमा भने कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्। उनको नेतृत्वमा बैंकले निक्षेप परिचालन, कर्जा विस्तार, डिजिटल बैंकिङ सेवा, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासनलाई प्राथमिकता दिँदै आएको छ।
उनी नेपाल बैंकर्स संघको कार्य समिति सदस्य थिए।



