काठमाडौँ । हिमालयन बैंक दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक कम्पनी भिसाबाट डिजिटल भुक्तानी तथा मर्चेन्ट अक्वायरिङ व्यवसायमा उत्कृष्ट योगदान पुर्याएकोमा बैंक दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको हो।
भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस-प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मानित गरिएको हो।
बैंकले कन्ट्याक्टलेस भुक्तानी प्रणालीको विस्तार तथा प्रवर्द्धनमा पुर्याएको योगदानका लागि ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ अवार्ड प्राप्त गरेको हो। त्यस्तै, देशभर पीओएस (प्वाइन्ट अफ सेल) टर्मिनलको सञ्जाल विस्तार र कार्डमार्फत हुने व्यावसायिक कारोबारको व्यवस्थापनमा उत्कृष्टता हासिल गरेबापत ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस-प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ।
नेपालमा भिसा अक्वायरिङ व्यवसायको सुरुवातदेखि नै आफू ‘नम्बर १ भिसा अक्वायरर’ का रूपमा रहँदै आएको बैंकको दाबी छ। पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको अवस्थामा प्राप्त यी अवार्डले मर्चेन्ट अक्वायरिङ क्षेत्रमा बैंकको उपस्थितिलाई थप सुदृढ बनाएको छ।



