MAX TIGER

ग्रीन डेभलपमेन्ट बैंकमा काम गर्ने हो ? तलब तथा अन्य सुविधा नियम अनुसार हुने ! (सूचनासहित)

काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंकले विभिन्न पदमा केही कर्मचारी माग गरेको छ। बैंकले शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि योग्य, ऊर्जाशील नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

बैंकले सम्बन्ध व्यवस्थापक, सञ्चालन इन्चार्ज, एएमएल/सीएफटी विभाग र प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरेको छ। बैंकका अनुसार स्नातक उत्तीर्ण गरी ३५ वर्ष ननाघेका व्यक्तिले सो पदमा आवेदन दिन सक्नेछन्। 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी १० डिसेम्बर २०२६ भित्र अद्यावधिक बायोडाटा, उच्चतम शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहित आवेदन दिन सक्नेछन्। आवेदन [email protected] मा इमेलमार्फत पठाउन वा बैंकको आधिकारिक वेबसाइट www.greenbank.com.np मार्फत आवेदन दिन सकिनेछ।

बैंकका अनुसार प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र थप छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ। साथै, कुनै पनि आवेदन स्वीकार वा अस्वीकार गर्ने अधिकार बैंकमा सुरक्षित रहने सूचनामा उल्लेख छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्