काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
राष्ट्र बैंकले सहायकदेखि सहायक निर्देशकसम्मका पदमा दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले कुल ६१ जना माग गरेको हो। जसमा ३५ जना सहायक निर्देशक र २६ जना सहायक रहेका छन्।




