काठमाडौँ। वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन्। चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले करिब सवा १९ अर्ब रुपैयाँ नाफा आर्जन गरेका हुन्।
बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्ममा २० वटा वाणिज्य बैंकले १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष २०८२-८३ को असोजसम्ममा बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरुको नाफा ४५.५९ प्रतिशतले बढेको छ। यस अबधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो पनि हेर्नुहोस्:
नबिल बैंकको नाफा ४५.४३ प्रतिशतले बढ्यो, कमायो २ अर्ब ५५ करोड ५१ लाख खुद नाफा ! (विवरणसहित)
एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ९ अर्बले घट्यो, निष्क्रिय कर्जा बढ्यो, ईपिएस कति ? (विवरणसहित)
एभरेष्ट बैंकको नाफा ६.२३ प्रतिशतले बढ्यो, कमायो १ अर्ब २५ करोड २७ लाख नाफा, ईपीएस कति ? (विवरणसहित)


