भोटेकोशी बाढी अपडेट: १ हजार ४५७ जनाको शव फेला, बैंक तथा वित्तीय संस्थाका कर्मचारी अझै सम्पर्कविहीन !

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ६ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारी रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर अझै सम्पर्कविहीन भएका छन्।

जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला परेको हो ।

साथै, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि शवका १ हजार ३३७ वटा र आफन्तका २ हजार ८२ गरी कुल ३ हजार ४१९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

जसमध्ये १ हजार २३३ वटा शवहरूको र २ हजार ५९ आफन्तहरूको गरी कुल ३ हजार २९२ वटा डिएनए नमुना प्रोफाइलिङ गरिएको छ । साथै, पहिचान नभएको १ हजार ४३८ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७२० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३४३ जना व्यक्तिहरूलाई राखिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्