HIMALAYAN LIFE
Banking Sansar Mobile App

लक्ष्मी सनराइज ठगी प्रकरण: सिइओ शाहविरुद्ध पनि जाहेरी दिएको पिडितको दाबी, पक्राउ पर्लान् ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको ठगी तथा विश्वासघात केसमा बैंकका पूर्व सीइओ (हाल प्रभु बैंकका सीइओ) सुमन शर्मासहित ४ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको तथ्य सार्वजनिक भएका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहविरुद्ध पनि जाहेरी दिएको पीडित पक्षको दाबी छ ।

आफुहरुलाई पीडीत बनाएको र आफुहरुको सम्पत्ति विना गल्ती बैंकले अरुलाई बेचिदिएको भन्दै यस प्रकरणमा बैंकका अहिलेका सीइओविरुद्ध पनि जाहेरी दिएको दाबी पीडीत पक्षले गरेको हो ।

पीडित पक्षको दाबीअनुसार कर्जा स्वीकृत भएको भनिए पनि रकम उपलब्ध नभएको र पछि धितो लिलाम गरिएको थियो । यस प्रकरणमा आफ्नो सम्पत्ति फिर्ता गर्न पत्राचार गर्दा पनि अहिलेका सीइओ शाहले नमानेको भन्दै उनीविरुद्ध पनि छानविन र कारवाहीका लागि जाहेरी दिएको दाबी पीडीत पक्षको छ ।

सो प्रकरणमा सनराइज बैंकका तत्कालीन सीइओ शर्मासहित ४ जनाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ ।

बैंकको टोली र पीडीत पक्षबीच सहमतिको प्रयासका लागि केहि मध्यस्तता पनि भईरहेको र सो नभए अहिलेका सीइओ पनि पक्राउ पर्न सक्ने सम्भावनालाई नकार्न नसकिने पीडीत पक्ष निकटहरु बताउँछन् ।

१२ दिनसम्म गुपचुप पक्राउ पूर्जी बैंककै कर्मचारी सुलसुले बन्दा मिडियामा पुग्यो, अनि भागे सुमन शर्मा !

प्रहरीको आँखा छलेर काठमाडौँबाट भागेका थिए प्रभुका सिइओ, बीरगंजमा भने ‘सेटिङ’ !

पक्राउ पूर्जी जारी भएका प्रभु बैंकका सिइओ सुमन शर्मा बीरगन्जमा लुके, सोमबार आत्मसमर्पण गर्ने !

प्रभु बैंकका सीइओ सुमन शर्माविरुद्ध पक्राउ पूर्जी जारी ! (पक्राउ पूर्जीको प्रमाणसहित)

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।