मास्टर्स पढेकालाई सिद्धार्थ क्यापिटलमा काम गर्ने हो ? असोज २३ गतेसम्म आवेदन खुला, तलब नियम अनुसार हुने !

काठमाडौँ । सिद्धार्थ क्यापिटलले काम गर्ने अवसर खुलाएको छ। कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा काम गर्ने अवसर खुलाएको हो।

सिद्धार्थ क्यापिटलले कर्पोरेट एडभाइजरी हेड पदका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले काठमाडौँमा कार्यस्थल रहने गरी एक जना योग्य तथा अनुभवी उम्मेदवार माग गरेको हो।

सो पदका लागि फाइनान्स, बिजनेस एडमिनिस्ट्रेसन, अर्थशास्त्र वा लेखाशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। चार्टर्ड अकाउन्टेन्ट वा चार्टर्ड फाइनान्सियल एनालिस्ट जस्ता व्यावसायिक योग्यता भएकालाई थप लाभ हुने कम्पनीले जनाएको छ।

उम्मेदवारसँग लगानी बैंकिङ, मर्चेन्ट बैंकिङ, कर्पोरेट एडभाइजरी, वाणिज्य बैंकिङ, प्राइभेट इक्विटी वा कर्पोरेट फाइनान्स क्षेत्रमा ६ देखि ८ वर्षको सम्बन्धित अनुभव तथा कम्तीमा पाँच वर्ष नेतृत्व वा डिल-लिड भूमिकामा काम गरेको अनुभव आवश्यक छ।

इच्छुक तथा योग्य उम्मेदवारले असोज २३ गतेभित्र आवेदन दिन सक्नेछन्। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्