नबिल बैंक छाडेका निरज शर्मा इसेवाको सिइओमा नियुक्त

काठमाडौँ । केही समय अघि मात्र नबिल बैंक छाडेका निरज शर्मा इसेवाको सिइओमा नियुक्त भएका छन्।  इसेवाले जगदिश खड्काको नविकरण रोकेर शर्मालाई इसेवाको प्रमुखको जिम्मा दिएको हो ।

निरज शर्मा लामो समयदेखि बैंकिङमा थिए । डिजिटल बैंकिङमा लामो अनुभव भएका उनलाई नबिल बैंकले कर्पोरेट अफेयर्स हेर्ने जिम्मा दिएको थियो । इसेवाले सिइओ प्रस्ताव गरेपछि उनले बैंक छाडेका थिए ।

तर, शर्माका लागि इसेवाको नेतृत्व सहज भने छैन । बजारको अस्वस्थ प्रतिष्पर्धा, इसेवाको खस्किँदो साख, प्राविधिक टोलीको असहयोग, हरेक महिनाजस्तो समस्या आउने कमसल सिष्टम र बजारमा देखिएको इसेवा- मिडिया वार उनका लागि चुनौति हुनसक्ने देखिएको छ ।

इसेवाको सिइओ बन्दै नबिल बैंक छाडेका निरज शर्मा !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्