काठमाडौँ। नाडेप लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा काम गर्ने अवसर खुलाएको हो।
लघुवित्तले सीईओ पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ। सो पदका लागि चार्टर्ड अकाउन्टेन्ट वा व्यवस्थापन, बैंकिङ, वित्त, अर्थशास्त्र, वाणिज्य, लेखा, तथ्यांक, गणित, व्यवसाय प्रशासन, सार्वजनिक प्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुनमध्ये कुनै विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ।
साथै, बैंकिङ, वित्तीय वा विकास क्षेत्रमा कम्तीमा १० वर्षको कार्यानुभव र त्यसमध्ये कम्तीमा ५ वर्ष व्यवस्थापकीय तहको अनुभव तथा ३५ देखि ६० वर्ष उमेर तोकिएको छ।
इच्छुक उम्मेदवारले बायोडाटा, चार वर्षको व्यावसायिक योजना, नागरिकता, शैक्षिक तथा अनुभवका प्रमाणपत्र र पासपोर्ट साइजको फोटोसहित संस्थाको केन्द्रीय कार्यालय धुनीबेँसी ६, धादिङमा वा इमेलमार्फत आवेदन दिन सक्नेछन्।
आवेदन प्रकाशन भएको मितिले ७ दिनभित्र बुझाउनुपर्ने संस्थाले जनाएको छ। सूचनासहित:



