PRABHU BANK

बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा !

prabhu bank
  • बैंकिङ संसार 
काठमाडौं । प्रभु बैंकले महोत्तरी जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ भदौ २७ गते बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले उद्घाटन गरेका हुन् । यस्तै जलेश्वरस्थित मालपोत कार्यालय परिसरमा मिति २०७६ भदौ २७ गतेका दिन जलेश्वर मालपोत कार्यालय प्रमुख भुपबहादुर बोगटि र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख युवराज राईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
महोत्तरी जिल्लास्थित बर्दिबास मालपोत कार्यालयमा र जलेश्वर मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् । 
बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै