प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग (सूचनासहित)

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुन:स्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम सहयोग गरेको जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित नागरिकको कठिन परिस्थितिमा सरकार तथा सम्बन्धित निकायलाई खोजी, उद्धार, राहत तथा पुन:स्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो ।

बैंकले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

nimb help

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्