काठमाडौँ। नेपाल राष्ट्र बैंकले राहत वितरण गर्दा अधिकतम कारोबार सीमा लागू नहुने जनाएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै राहत वितरण गर्दा अधिकतम कारोबार सीमा लागू नहुने जनाएको हो।
बाढी तथा डुबानबाट प्रभावित नागरिकको व्यवस्थापन तथा राहत वितरणलाई सहज बनाउन मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा ई-मनीमार्फत हुने कारोबारमा लागू अधिकतम कारोबार सीमा हटाएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै यस्तो व्यवस्था गरेको हो।
पत्रमा नेपाल सरकारबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग परिचालन भइरहेको सन्दर्भमा राहत रकमसम्बन्धी खाताहरूमा भुक्तानी प्रणालीसम्बन्धी विशेष व्यवस्था गर्न भनिएको छ। यो हेर्नुहोस्:




