काठमाडौँ। रसुवाको टिमुरे आसपासको क्षेत्रमा आएको भीषण बाढीपछि सानिमा बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत दुई कर्मचारी सम्पर्कविहीन भएका छन्। बिहान करिब ८:४५ बजे आएको बाढीका कारण शाखामा कार्यरत कर्मचारीहरू हालसम्म सम्पर्कमा आउन नसकेको बैंकले जनाएको छ।
बैंकले उनीहरूलाई देखे वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्ने व्यक्तिलाई तत्काल बैंकमा सम्पर्क गरी जानकारी गराइदिन आग्रह गरेको छ।
बैंकले कर्मचारीहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको जनाएको छ। साथै, प्रभावित क्षेत्रमा रहेका सबैलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। यो हेर्नुहोस्:



