एनएमबि बैंकको टिमुरे शाखाका चार कर्मचारी सम्पर्कविहीन, कुनै जानकारी प्राप्त भए बैंकलाई सम्पर्क गर्न आग्रह !

काठमाडौँ। रसुवा जिल्लाको टिमुरे आसपासको क्षेत्रमा आएको विशाल बाढीका कारण एनएमबि बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार जना कर्मचारी सम्पर्कविहीन भएको पाइएको छ। बैंकले एक सूचना नै जारी गरेर कर्मचारी सम्पर्कविहीन भएको जानकारी दिएको हो।

सूचनाअनुसार बिहान करिब ७:४५ बजे टिमुरे आसपासको क्षेत्रमा आएको बाढीपछि शाखामा कार्यरत धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित हालसम्म सम्पर्कमा आउन सकेका छैनन्।

सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे परिवार, आफन्त तथा सम्बन्धित व्यक्तिहरूबाट कुनै जानकारी प्राप्त भएमा तत्काल बैंकलाई जानकारी गराउन आग्रह गरिएको छ।

बैंकले कर्मचारीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्न तथा आवश्यक समन्वयका लागि सम्पर्क गर्न अनुरोध गरेको छ। बैंकले घटनाको अवस्थाबारे थप विवरण प्राप्त भएपछि जानकारी सार्वजनिक गर्ने जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्