कुमारी बैंकको टिमुरे शाखा बाढीले बगायो, डकुमेन्ट, पैसा सबै बग्यो !

काठमाडौँ। कुमारी बैंकको टिमुरे शाखा बाढीले बगाएको पाइएको छ। बुधबार विहान आएको बाढीले विभिन्न बैंक तथा वित्तीय संस्थाका आधा दर्जन बढी शाखाहरु बगाएको हो।

बैंकका शाखा बगेपछि त्यहाँ रहेको नगद, अन्य डकुमेन्ट, लगायतका सामानहरु पनि बाढीले बगाएको छ ।

बाढीले कुमारी बैंकको टिमुरे शाखा कार्यालय बगाएपछि शाखामा रहेका नगद, महत्वपूर्ण कागजात तथा अन्य सामग्रीसमेत बाढीले बगाएको खुलेको छ।

बैंकको शाखा कार्यालयमा रहेका केही कागजात र रकमसमेत बाढीमा बगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण बैंकको भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्