काठमाडौँ । वाणिज्य बैंक तथा वित्तीय क्षेत्रमा लाभांश वितरणको प्रक्रिया अघि बढेको छ । गत आर्थिक वर्ष २०८२-८३ को नाफाबाट सेयरधनीलाई प्रतिफल बाँड्न ६ बैंकले नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति मागेका छन् ।
पूर्वस्वीकृतिका लागि आवेदन दिने बैंकमा नबिल बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेका छन् ।
नेपाल राष्ट्र बैंकले समयमै स्वीकृति दिएमा ६ बैंकका सेयरधनीहरूले केही महिना मै लाभांश पाउने सम्भावना प्रवल देखिएको छ।
लाभांश क्षमताका आधारमा भने बैंकहरूबीच उल्लेख्य अन्तर देखिन्छ । एभरेष्ट बैंकले सबैभन्दा बढी ३८.३२ प्रतिशत लाभांश क्षमता कायम गरेको छ । सानिमा बैंकको २०.८५ प्रतिशत, नबिल बैंकको १९.१० प्रतिशत, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत र कुमारी बैंकको ३.०२ प्रतिशत लाभांश क्षमता रहेको छ ।
राष्ट्र बैंकको स्वीकृति तथा सम्बन्धित बैंकका साधारणसभाबाट पारित भएपछि मात्रै वास्तविक लाभांश दर तय हुनेछ ।


