तेस्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न, पाँच व्यक्तित्व सम्मानित !

काठमाडौँ । तेस्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न भएको छ । तेस्रो ‘किताब जात्रा’ लण्डनमा भव्य रुपमा सम्पन्न भएको हो।

किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो किताब जात्रा भव्य रुपमा सम्पन्न भएको छ । बेलायतका पूर्व सांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुको कार्याक्रममा उपस्थिति थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने पाँच जनालाई सम्मान गरिएको थियो । जसमध्ये व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेलाई ‘किताब जात्रा डायस्पोरा सामाजिक पहल सम्मान’ प्रदान गरिएको थियो ।

त्यस्तै, एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्यलाई ‘डायस्पोरा उद्यमशीलता सम्मान’, लेक्स लिम्बूलाई ‘युथ आइकन सम्मान’, बेलायतमा कार्यरत कवि तथा उपन्यासकार डा. संगीता श्रेष्ठ स्वेच्छालाई ‘डायस्पोरा साहित्य सम्मान’ र बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगीलाई ‘डायस्पोरा पत्रकारिता अवार्ड’ प्रदान गरिएको कार्यक्रमका सञ्चालक सचिव भुवन भण्डारीले जानकारी दिएका छन् ।

भण्डारीका अनुसार कार्यक्रममा ‘डायस्पोरा नेपाली साहित्य: अवसर र चुनौती’ विषयक अन्तरक्रिया पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रममा पासा पुच: गुठी यूकेका अध्यक्ष सुशील प्रजापतिले जनकवि दुर्गालाल श्रेष्ठ र आफ्ना कविताहरू वाचन गरेका थिए भने नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष रश्मिता सिंह दर्लामीले ‘आई एम ए नर्स’ र उत्सव निर्देशक ऋषिराम अधिकारीले ‘बा’ शीर्षकको कविता वाचन गरेका थिए ।

कार्यक्रममा नेपाली साहित्यसँग सम्बन्धित विभिन्न प्रशासन र नेपाली हस्तकला तथा घरेलु उद्योगका उत्पादनहर प्रदर्शन गरिएका थिए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्