ग्राहकहरुलाई राष्ट्रिय वाणिज्य बैंकको शब्द कोषमै नभएको सम्बोधन -‘आणरणीय’ !

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नभएको शब्द ‘आणरणीय’ प्रयोग गरेर ग्राहकलाई सम्बोधन गरेको छ । आदरणीय लेख्नुपर्नेमा सूचनामा अन्यथा लेखिएको हो ।

सो सूचना बैंकको वेव साइटको मुख्य पृष्ठमै राखिएको छ ।

बैंकिङ संसारको सम्पर्कमा आएका एक ग्राहकले सो शब्दको अश्लील अर्थ जाने दाबी गर्दै बैंकले यस्तो गर्न नहुने गुनासो गरेका छन् । यता भाषाविद्हरुले पनि यस्तो शब्द नै नभएको र बैंक तथा वित्तीय संस्थाले यस्ता सूचना जारी गर्दा ख्याल गर्नुपर्ने सुझाव दिएका छन् ।

बैंकले भने यस विषयमा प्रतिक्रिया नै दिन मानेन । बैंकमा सम्पर्क गरी यस विषयमा बुझ्न खोज्दा प्रश्न सुन्नेबित्तिकै फोन काटिएको छ । यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्