डाटा अफ हुँदा पनि रकम काटेको विषयमा एनसेललाई प्राधिकरणको स्पष्टीकरण

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले डाटा प्रयोग नगरेको वा मोबाइल डाटा अफ गरेको अवस्थामा पनि ग्राहकको ‘मेन ब्यालेन्स’बाट ‘पे एज यू गो’ डाटा शुल्कका नाममा रकम काटिएको विषयमा एनसेल आजियाटा लिमिटेडसँग स्पष्टीकरण मागेको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार एनसेललाई यस्तो समस्या तत्काल पूर्ण रूपमा समाधान गरी डाटा बन्द रहेको अवस्थामा स्वत: रकम कटौती नहुने व्यवस्था गर्न र त्यसबारे प्राधिकरणलाई जानकारी गराउन निर्देशन दिइएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) अनुसार अनधिकृत रूपमा काटिएको रकम सम्बन्धित ग्राहकलाई क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्ने र ग्राहक पहिचान हुन नसकेमा उक्त रकम राज्यकोषमा दाखिला गर्नुपर्ने निर्णय प्राधिकरणले गरेको छ।

एनसेलले लामो समयदेखि यस्तो समस्या समाधान गर्न पर्याप्त पहल नगरेको र ग्राहकका गुनासा समयमै सम्बोधन नगरेको भन्दै प्राधिकरणले कानुनबमोजिम कारबाही किन नगर्ने भन्ने विषयमा समेत स्पष्टीकरण मागेको हो। साथै, एनसेललाई ‘पे एज यू गो’ डाटा चार्जिङको लगिक तथा एल्गोरिदमसहित सम्पूर्ण बिलिङ प्रणालीको स्वतन्त्र अडिट गराई एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

‘हिजोसम्म ब्यालेन्स थियो, आज त्यतिकै सकियो । एनसेलमा यस्तो के भयो ?’एनसेलमा ब्यालेन्स थियो, एनसेलले त्यतिकै ब्यालेन्स काटिदियो, एनसेलले मलाई ठग्यो’

‘हिजो मात्र रिचार्ज गरेको, आज ब्यालेन्स नै छैन, एनसेलले त ठग्दो रहेछ ।’

‘एनसेलले सुटुक्क मेरो ब्यालेन्स घटाईदिईरहेको छ, यो एनसेलले त ठगी गर्दो रहेछ’

यस्ता चर्चा र गुनासाहरु तपाईंले सामाजिक संजालमा धेरै सुन्नु भएको छ होला । गुनासाहरुमा कतिपयले एनसेलजस्तो कर्पोरेट कम्पनीले यस्तो ठगी गर्दैन होला भनेर कमेन्ट गर्नुभएको पनि पक्कै देख्नुभएको छ होला । तर होइन, एनसेलले यसरी आफैँ पैसा काटेर ग्राहक ठग्ने विषय अव आरोप होइन, सत्य प्रमाणित भएको छ । एनसेलको बदमासी छानविन गर्न तत्कालीन प्रचण्ड सरकारले टंकमणि शर्मा दंगालको नेतृत्वमा गठन गरेको ५ सदसीय टोलीले एनसेलको ठगीको फेहरिस्तको खुलासा गरेको छ ।

र, ग्राहकको रकम सुटुक्क काटेर एनसेलले १ अर्व बढी ठगी गरेको प्रमाणित भएपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई कारवाही गरेको, सो रकम ब्याजसहित ग्राहकलाई फिर्ता गर्न भनेकोसमेत पाइएको छ । यसले एनसेलले कसरीसम्म ग्राहक ठग्ने रहेछ भन्ने तथ्यको उजागर त गरेको छ नै, एनसेल आफ्ना ग्राहकलाई कतिसम्म वेवकुफ सोच्दो रहेछ र एनसेल कर्पोरेट हाउसको आवरणमा कसरीसमेत ग्राहक ठग्दो रहेछ भन्ने तथ्यको खुलासा भएको छ ।

ज्योति प्रकाश पाण्डे र एनसेलका मालिकबीच भएको ह्वाट्सएप सम्बादलाई अदालतद्वारा ‘दशी प्रमाण’ स्वीकार, मिलेमतोमै सम्पत्ति लिलामी गरिएको ‘प्रारम्भिक ठहर’

एनसेलको बदमासी: अण्डरभ्यालुएसन गरेर अरवौं कर छलीको दुष्प्रयास, बैंक ऋण नतिर्नेको नाममा ‘शंकास्पद किनबेच !’

एनसेलको ‘लुट’ : बडेमानको बदमासी, नाम मात्रको कारवाही !

नेपाली मिडियामा एनसेलले दिईरहेको विज्ञापनको सम्पूर्ण विवरण ‘लिक’!

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्