PRABHU BANK

गरिमा विकास बैंकको नयाँ शाखा सिमरामा, राजन विक्रम थापाद्वारा उद्घाटन !

 garima bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले जितपुर सिमरा उप–महानगरपालिका वडानं.–२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको औधोगिक नगरी सिमरामा खोलेको बैंकको सिमरा शाखाले त्यस क्षेत्रको औधोगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास रहेको बताउनुभयो ।
विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक सुविधा सहित स्थापना गरिएको सिमरा शाखाबाट विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गर्ने बताउनुभयो । साथै, उहाँले बैंकले सदैव संस्थागत सुशासनलाई उच्च महत्व दिदैं अगाडि बढेको कारणबाट नैं देशको उत्कृष्ट विकास बैंकको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो ।
बैंकले काठमाण्डौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै