काठमाडौँ। माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा कल्याण विक्रम पाण्डे नियुक्त भएका छन्। बैंकिङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढीको अनुभव भएका पाण्डे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा नियुक्त भएका हुन्।
यसअघि उनले ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंक लगायतका क्षेत्रमा काम गरिसकेका छन्।
लामो बैंकिङ अनुभव र विभिन्न बैंकमा हासिल गरेको कार्यदक्षताका आधारमा पाण्डेको नियुक्तिलाई माछापुच्छ्रे बैंकको व्यवस्थापकीय नेतृत्वमा महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।



