काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे र एनसेलका मालिक सतिशलाल आचार्यबीच भएको ह्वाट्सएप सम्बादलाई दशी प्रमाणका रुपमा स्वीकार गरेको छ । नेपाल दूरसंचार प्राधिकरणका तत्कालीन अध्यक्ष भुपेन्द्र भण्डारीसहित ज्योति प्रकाश पाण्डे र सतिश लाल आचार्यसमेत प्रतिवादी भएको ठगी, संगठित अपराध र बैंकिङ कसुरको थुनछेक बहस सकेर अदालतले जारी गरेको आदेशमा आचार्य र पाण्डेबीचको सम्बादलाई प्रमाण मानी सरकारी स्वामित्वमा गईसकेको स्मार्ट सेलको सम्पत्ति मिलेमतोमै लिलाम भएकोसमेत ठहर गरिएको छ ।
जिल्ला अदालत काठमाडोँका न्यायाधीश उमानाथ गौतमको एकल इजलाशले एनसेल, स्मार्ट सेल र र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मिलेमतोमै सरकारी सम्पत्ति लिलाम भएको प्रारम्भिक ठहर गरेको हो ।
सीआईबीको लामो अनुसन्धानपछि अदालत पुगेको यो केसमा आचार्य र पाण्डेबीचको ह्वाट्सएप सम्बादलाई अभियोगपत्रमै प्रस्तुत गरिएको छ । सम्बादका क्रममा बैंकका सीइओ पाण्डेले आचार्यको स्वार्थ अनुसार नै काम गरेको आशय प्रकट गरेका छन् । अदालतले सो संवाद अदालती रेकर्डमा राख्न आदेश गरेको छ । यसको अर्थ त्यसलाई अदालतले प्रमाणका रुपमा स्वीकार गर्यो भन्ने हो ।

यो केसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकदेखि एनसेलका मालिकसम्मलाई अदालतले फरार सूचीमा राखेको छ । यहि केसमा पक्राउ परेका भुपेन्द्र भण्डारीलाई अदालतले २५ लाख धरौटी माग गरेको छ ।
उता केस अदालत पुगिसक्दा पनि, र कर्मचारी बिनियावामी अनुसार स्वत: निलम्बन भईसक्नुपर्ने स्थितिमा पनि बैंकका सीइओ ज्योति प्रकाश पाण्डेले भने बैंक छाडेका छैनन् । यता नियामक राष्ट्र बैंकले पनि यस विषयमा कानुनी राय लिईरहेको भन्दै सार्वजनिक विज्ञप्ति जारी गरेको छ ।
कानुनी संकटमा एनआईएमबि: बोर्डका सबैजसो फरार, सिइओलाई निलम्बनको दरार, अर्को सिइओ कसले गर्ने करार?
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको घोटाला प्रकरणको ‘विस्तृत केस स्टडी’ हेर्न यहाँ क्लिक गर्नुहोस्