किर्ते गरेर रकम अपचलन गरेको केस भित्रभित्रै मिलाउन खोज्ने सिटिजन्स बैंकको नाफा बढ्यो ! (विवरणसहित)

काठमाडौँ। सिटिजन्स बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो।

यस अवधिमा बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०५ प्रतिशतले बढी हो।

बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब २८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ८२ पैसाले बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १.९० प्रतिशतले घटेको छ। तर, बैंकको खुद फि तथा कमिशन आम्दानी भने ६.३३ प्रतिशतले बढेको छ।

यता बैंकको कुल सञ्चालन आम्दानी २.१३ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ८१.२६ प्रतिशतले बढेको छ। तर, समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ६८ करोडबाट घटेर ८२ करोड ९३ लाख रुपैयाँमा पुगेको छ।

बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा रहेको छ भने बैंकको जगेडा कोषमा ९ अर्ब ३८ करोड ४१ लाख रुपैयाँ सञ्चित छ।

सिटिजन्स बैंक घोटला प्रकरण: किर्ते गरेर रकम अपचलन गरेको केस भित्रभित्रै मिलाउन खोजियो, करोडौं रकम गायब !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्