नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरण: नियामक राष्ट्र बैंकले कानुनी राय लिएपछि निर्णय गर्ने, कानुन भन्छ- ‘स्वत निलम्बन’

काठमाडौँ । सीइओ र संचालक समितिविरुद्ध फौजदारी मुद्धा चलेपछि अव बैंकको भविष्य के हुन्छ भन्ने विषय उठिरहेका बेला नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको वित्तीय अवस्था हाल सन्तोषजनक रहेको र नियमित काममा असर नपर्ने स्पष्ट पारेको छ । यद्यपी राष्ट्र बैंकले यस विषयमा कानुनी राय लिईरहेकोसमेत प्रष्ट पारेको छ ।
राष्ट्र बैंकले नै स्वीकृत गरेको कर्मचारी विनियमावली अनुसार फौजदारी केस लागेपछि कर्मचारी स्वत निलम्बनमा पर्छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केसमा मात्र फरक गर्दा यसले भविष्यमा कानुनी जटिलता ल्याउने दाबी राष्ट्र बैंकभित्रकै अधिकारीले गरेपछि के गर्ने भन्ने निर्णय भईसकेको छैन ।
राष्ट्र बैंकले बैंकको सञ्चालन, व्यवस्थापन तथा वित्तीय अवस्थामाथि निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्