काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा देव रमन डंगोल रहेका छन्।
चेक बाउन्स मुद्दामा उनी पक्राउ परेका हुन्।
बैंकको खातामा पैसा नहुँदा नहुँदै पनि जाली चेक दिएको आरोपमा ललितपुर बस्ने ५७ वर्षका डंगोल प्रहरीको फन्दामा परेका छन्।
प्रहरीले जारी गरेको सूचना अनुसार हाल उनको थप अनुसन्धान भईरहेको छ। सूचनासहित:



