एनआईएमबि बैंकबारे राष्ट्र बैंकको धारणा – ‘वित्तीय अवस्था सन्तोषजनक छ, दैनिक कारोबारमा समस्या छैन’

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

राष्ट्र बैंकले बैंकको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विषयमा नजिकबाट अनुगमन भइरहेको जनाएको छ।

साथै, विद्यमान कानुनी व्यवस्थाका सम्बन्धमा आवश्यक राय तथा सुझाव लिन छलफल भइरहेको छ। राष्ट्र बैंकका अनुसार हाल बैंकको तरलताको अवस्था लगायत वित्तीय सबलताका परिसूचकहरू तोकिएको मापदण्डअनुसार सन्तोषजनक अवस्थामा रहेका छन्।

बैंकको दैनिक कार्य सञ्चालनमा कुनै किसिमको जटिलता उत्पन्न भएको अवस्था नरहेको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बैंकको दैनिक सञ्चालनको अवस्था, मुद्दाको प्रकृति, समयावधि तथा गाम्भीर्यका आधारमा थप छलफल र कानुनी राय लिइने जनाएको छ।

राष्ट्र बैंकले कानुनबमोजिम सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने जानकारी दिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्