HIMALAYAN LIFE
Banking Sansar Mobile App

ठगी, संगठित अपराध, र बैंकिङ कसुरका अभियुक्त बैंकको सिइओ रहिरहन मिल्छ?, अवको बाटो निलम्बन कि राजिनामा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ ज्योति प्रकाश पाण्डेविरुद्ध ठगी, संगठित अपराध र बैंकिङ कसुरको अभियोगमा मुद्धा दायर भएको छ । उनीविरुद्ध सीआईबीको लामो अनुसन्धानपछि बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर भएको हो ।
सिइओ पाण्डेसहित अध्यक्ष पृथ्वी बहादुर पाँडे, संचालकहरु प्रजन्य राज भण्डारी, कवि कुमार टिब्रेवाला, दिवाङ्कर शाक्य उडाई, शालिकराम बेलबासे, र शोभा श्रेष्ठविरुद्ध पनि सोहि कसुरमा मुद्धा दायर भएको छ । प्रहरीले बैंकका संचालकहरुलाई फरार भनेको छ ।
सरकारी स्वामित्वमा पुगिसकेको स्मार्ट सेलको सम्पत्ति लिलामी गरेको प्रकरणमा उनीहरु विरुद्ध मुद्धा परेको हो । सरकारी स्वामित्वमा पुगिसकेको सम्पत्ति एनसेलले लिलाम सकारेको थियो । यहि प्रकरणमा बैंकका सीइओविरुद्ध समेत मुद्धा परेको छ । उनलाई यहि मुद्धाको अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको थियो भने, पछि सर्वोच्च अदालतले बाहिर बसेरै अनुसन्धान गर्न भन्दै उनलाई छाडिएको थियो ।
अव प्रश्न उठेको छ- के ठगी, संगठित अपराध, र बैंकिङ कसुरका अभियुक्त बैंकको सिइओ रहिरहन मिल्छ ? 
स्वयम् बैंकको कर्मचारी विनियमावलीअनुसार उनी उनको सीइओ पद स्वत: निलम्बन हुनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्मचारी विनियमावलीमा ठगी, वा बैंकिङ कसुरमा मुद्धा परेको अवधिदेखि सोको सफाई नपाउञ्जेलसम्म कर्मचारी स्वत: निलम्बनमा पर्ने व्यवस्था छ । यसअघि बैंकिङ कसुरमा परेका सोहि बैंकका कर्मचारीहरुलाई मुद्धा परेको मितिदेखि निलम्बन गरिएको थियो ।
यता, बैंक तथा वित्तीय संस्था ऐनले भने कसुरदार ठहर भएको अवस्थामा मात्र पद जाने व्यवस्था गरेको छ । बाफियामा कसुरदार ठहर भई सजाय भुक्तान नगरेको अवस्थामा वा त्यस्तो सजाय पाएको ५ बर्षसम्म सीइओ हुन नपाउने भनेको छ ।
यद्यपी यो नैतिक प्रश्न पनि हो । ठगी, संगठित अपराध र बैंकिङ कसुरमा मुद्धा नै परिसकेपछि सो व्यक्ति कसरी बैंकको कार्यकारी प्रमुख हुनसक्छ भन्ने प्रश्न आफैँमा जटिल प्रश्न हो । अव यो जटिलता बुझेर सीइओ पाँडेले राजिनामा दिन्छन् वा के हुन्छ भन्ने विषय हेर्न बाँकी नै छ । बैंकका संचालकहरु पनि एक जना बाहेक सबै फरार भएकाले यो विषय तत्काल संचालक समिति जाने सम्भावना पनि छैन । अव यसमा राष्ट्र बैंकको एक्सन नै निर्णायक हुने देखिएको छ ।

अध्यक्ष पाँडेसहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ संचालक नै फरार सूचीमा !

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।