काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई आफ्नो लाभांश रकम लिन आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२-८३ सम्म ५ वर्ष पूरा भइसकेको तर सम्बन्धित सेयरधनीले नलिएका नगद लाभांश रकम लिन आग्रह गरेको हो।
बैंकले सेयरधनीलाई आवश्यक प्रमाणसहित सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको छ ।
बैंकले तोकिएको समयभित्र लाभांश नलिएमा प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उक्त रकम सम्बन्धित कोषमा जम्मा गरिने जनाएको छ।
त्यस्तै, बैंक तथा साविकका संस्थाहरूमा २० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभई निष्क्रिय रहेका खाताहरू सक्रिय गर्न पनि बैंकले ग्राहक तथा सम्बन्धित हकवालालाई आग्रह गरेको छ।


