काठमाडौँ। ग्रिन डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै सूचना सुरक्षा (Information Security) क्षेत्रका लागि कर्मचारी माग गरेको हो ।
बैंकले केन्द्रीय कार्यालय, पोखरा ८, न्युरोडका लागि सूचना सुरक्षा अधिकृत (सुपरभाइजरदेखि सिनियर अफिसर तह) मा १ जना कर्मचारी नियुक्त गर्न आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, सूचना प्रविधि वा सोसरह विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्षको काम गरेको अनुभव हुनुपर्नेछ ।
१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले सो पदमा आवेदन दिन सकिनेछ। इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन [email protected] इमेलमार्फत पठाउन सकिने बैंकले जनाएको छ। जागिरको सम्पूर्ण अपडेट बैंकिङ संसारमा हेर्न सक्नुहुनेछ।



