काठमाडौँ। नेपाल बैंकर्स एसोसिएसनका अध्यक्षसमेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा बढेको लगानीको आकर्षणलाई थप सहजीकरण गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।
नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
ठूला परियोजनाहरूलाई समयमै सक्ने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिँदै उनले साना ठूला व्यवसायीलाई विश्वासमा लिएर सरकारले काम गर्नुपर्ने बताएका छन् ।

