सिद्धार्थ बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २३ रुपैयाँ ०६ पैसा, खुद ब्याज आम्दानी ८ अर्ब बढी ! (विवरणसहित)

काठमाडौँ । सिद्धार्थ बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले गत आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४.५४ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिमा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने बैंकको सञ्चालन नाफा ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

यता बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७० करोड ५६ लाख ७१ हजार रुपैयाँ छ भने बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ३० पैसाले बढेको छ। बैंकको इपिएस बढेर २३ रुपैयाँ ०६ पैसा पुगेको छ ।

त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २ सय २५ रुपैयाँ १७ पैसा पुगेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको निक्षेप संकलन २ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँबाट बढेर ३ खर्ब २७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । 

यो विवरण बैंकिङ संसारको बैंक रिपोर्टस पेजमा हेर्न सकिन्छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्