काठमाडौँ। एनएमबि बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो।
यस अवधिमा बैंकले ४ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा ४०.६० प्रतिशतले बढेको छ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
बैंकको फि तथा कमिसन आम्दानी र सञ्चालन नाफा पनि बढेको छ। बैंकको फि तथा कमिसन आम्दानी २ अर्ब १४ करोडबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ र सञ्चालन नाफा २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी (ईपिएस) २० रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १५ पैसा पुगेको छ भने बैंकको चुक्ता पुँजी २२ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंकको जगेडा कोषमा १५ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ भने बैंकको कुल सम्पत्ति ३ खर्ब ५१ अर्ब ५९ करोडबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ।
बैंकको निष्कृय कर्जा पनि ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ ।


