PRABHU BANK

ललितपुरको खोकनामा सनराइज बैंकको नवौं एक्स्टेन्सन काउन्टर सञ्चालनमा

  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले ललितपुरको खोकनामा नवौं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका – २१ का अध्यक्ष रवीन्द्र महर्जन र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रूपमो उद्घाटन गरेका हुन् ।
बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगायतका सेवा दिने उद्देश्यले एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
हालसम्म बैंकको शाखा संख्या १३० ओटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्यभर ३८ ओटा शाखारहित बैंकिङ सेवा, ९ ओटा एक्स्टेन्शन काउन्टर र १२३ ओटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको समेत बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै