सरकारले ‘बिचौलिया’ निषेध गरेसँगै ‘ब्लु बुक रिनुएवल सेवा’ बन्द हुँदा इसेवा र खल्तीको बिजनेशमा सिधा असर ! 

काठमाडौं । सरकारी कार्यालयहरूमा बिचौलियामाथि प्रहरीले कडाइ गर्दै पक्राउ गर्न थालेपछि रोकिएको ब्लु बुक रिनुएवल सेवा बन्द हुँदा इसेवा र खल्तीको बिजनेशमा ठुलो असर गरेको छ । इसेवा र खल्तीले यो सेवाबाट मनग्य आम्दानी गर्दै आएका थिए ।

इसेवा र खल्तीले पनि आफुहरुले यो सेवा बन्द गर्दा बिजनेशमा असर गरेको स्वीकारेका छन् । दुवै कम्पनीले ‘स्पष्टता नभएको’ कारण देखाउँदै सेवा स्थगित गरेको सूचना जारी गरेका थिए ।

इसेवा र खल्तीले घरबाट ब्लुबुक उठाउने, यातायात कार्यालयमा पुगेर नवीकरण गराउने र पुनः घरमै पुर्‍याउने सेवा दिँदै आएका थिए । बिचौलियाले गर्ने पनि यस्तै यस्तै काम हो ।

यद्यपी धेरैले यस्तो सेवालाई सहज रुपमा लिएका थिए । तर सरकारले बिचौलियालाई पक्राउ गर्न थालेपछि आफ्ना प्रतिनिधिहरु पनि पक्राउ हुने डरले इसेवा र खल्तीले सेवा स्थगित गरेका थिए । जसका कारण इसेवा र खल्तीको ठुलो आम्दानी रकम गुमेको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्